काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेले शक्ति प्रदर्शन गरेको छ । खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय नगरपालिकामा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जनसभा गरिएको हो ।
एमालेले झलनाथको निर्वाचन क्षेत्रमा हजारौँ नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो । नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले आइतबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका छन् ।