आज देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । देशका पहाडी भू–भागमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भेगको मौसम सामान्यतः सफा रहने छ।

शनिवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू–भागको मौसम भने सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १ को पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू–भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *