काठमाडौं । चालु आर्थिक वर्षमा कोभिड–१९ को प्रभाव खासै नदेखिए पनि सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको ८ महिना ९फागुन० सम्ममा सरकारले ७७ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको छ।
यो लक्ष्यको २०.४ प्रतिशत मात्र हो भने गत वर्षभन्दा पनि कम हो। यो वर्षको बजेटमा ३ खर्ब ७८ अर्ब रूपैयाँ पुँजीगत शीर्षकमा विनियोजन गरिएको छ।
अघिल्लो वर्ष कोरोना भाइरसको डेल्टा संक्रमणका कारण करिब ३ महिना मुलुकभर आतंक जस्तै थियो। कोभिडको पहिलो भेरियन्टको तुलनामा डेल्टा धेरै डरलाग्दो रूपमा फैलिएपछि धेरैजनाको मृत्यु भएकाले अधिकांश नेपाली घरबाहिर निस्कन डराएका थिए। यही कारण आयोजनाहरूमा पनि काम हुन नसक्दा पुँजीगत खर्च बढ्न सकेको थिएन।
यो वर्ष देखापरेको कोभिडको अर्को भेरियन्ट ओमिक्रोन डेल्टा जस्तो डरलाग्दो र क्षति पुर्याउने किसिमको थिएन। ओमिक्रोनका कारण करिब एक महिना स्कुल, कलेज बन्द गरिए पनि अरू क्षेत्र खुला रहे। तर सरकारले भने अघिल्लो वर्ष जति पनि पुँजीगत बजेट खर्च गर्न सकेको छैन। राजनीतिक अस्थिरताका कारण समयमा बजेट नआउँदा पुँजीगत खर्च बढ्न नसकेको तर्क अर्थ मन्त्रालयका अधिकारीहरूको छ।
यो वर्ष राजस्व असुली लक्ष्यको नजिक रहेबाहेक सरकारले बजेटमार्फत राखेका कुनै पनि लक्ष्य हासिल गर्न सकेको छैन। चालु वर्षको ६ महिनाको प्रगति हेरेर अर्थ मन्त्रालयले बजेटका सबै लक्ष्य घटाएको आएको नागरिक दैनिकमा खवर छ ।