साफ यु-१८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिप फूटबल आजबाट भारतमा शूरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली भारतको सामना गर्दैछ । भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल जीत निकाल्दै प्रतियोगिताको शुरुवात गर्न चाहन्छ । तर नेपाललाई प्रतियिगिताको उपाधि दाबेदार भारतलाई हराउन सहज भने हुनेछैन । यता भारतपनि आजको खेलमा जीत निकाले लक्ष्यसाथ मैदान उत्रिनेछ ।

प्रतियोगितामा मात्र तीन राष्ट्र नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको अङ्क तालिकाको शिर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्नेछ । दोस्रो खेल १७ मार्चमा बंगलादेशसँग खेल्नेछ भने २१ मार्चमा फेरि भारत र २३ मार्चमा बंगलादेशसँग खेल्दै प्रतियोगिताको अन्त्य गर्नेछ ।

नेपाली टोली:- सावित्री किसान(गोलकिप्पर), लिला जोशी(गोलकिप्पर), पुजा थापा(गोलकिप्पर), सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिभ्या यसमाली मगर, दिपा शाही, हिमा रावल, सरस्वती हमाल, प्रिती राई(कप्तान), सुनकला राई, अन्जली मचामसी, सराह ब्रजचार्य, जेनिफर राना, सरिश्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *