बराबरीमा रोकियो म्यानचेस्टर सिटी

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा सिटी क्रिस्चल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।

सेलहुर्स्ट पार्कमा भएको खेलमा सिटीले खेलअवधिभर घरेलु टोली प्यालेसलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन । बराबरीका बाबजुत सिटी २९ खेलबाट ७० अंक जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ । प्यालेस समान खेलबाट ३४ अंकको साथ ११ औ स्थानमा छ ।

बुधबार राति हुने खेलमा आर्सनललाई पराजित गरेको खण्डमा दोस्रो स्थानमा रहेको लिभरपुलले सिटीसँग अंक दुरी १ अंकमा झार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *