काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन् । एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै पोखरेलले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गरे ।
उनले भने, “एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो ।” एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उनको तर्क थियो । एमालेका सचिव रघुविर महासेठले एमाले मधेसमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेसका लागि २५० वर्षमा हुन नसकेका काम तीन वर्षमा गरेको जिकिर गरे ।