चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहाने भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ ।