साना दलको मागबारे निर्वाचन आयोगले आज छलफल गर्दै

काठमाडौं । दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आज आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने तयारी गरेको छ। साना दलहरू दलीय चिह्नमा चुनाव लड्न अहिलेको मौजुदा ऐनले नदिने भएकाले ऐनको अधीनमा रही के गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *