एजेन्सी । इङ्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनलले जीत निकालेका छन् । आइतबार बेलुकी भएको खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० गोलले पराजित गरेको हो ।
स्ट्रामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जीत दिलाउन काई हाभेर्ट्जले निर्णायक गोल गरे । गोलरहित बराबरीतर्फ लम्किएको खेलको ८९ औं मिनेटमा जोर्जिन्होको पासमा हाभेर्ट्जले गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन् । जीतसँगै चेल्सी २८ खेलबाट ५९ अङ्कको साथ लिगको तेस्रो स्थानमा रहेको छ ।
यस्तै गएराति भएको अर्को खेलमा आर्सनलले लेस्चर सिटीलाई २-० गोलले पराजित गरेको हो । इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जीत दिलाउन थोमस पार्टी र एलेक्सान्द्रे लाकाजेट्टेले एक/एक गोल गरे ।
जीतसँगै आर्सनल २६ खेलबाट ५१ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । समान खेलबाट ३३ अङ्क जोडेको लेस्चर १२ औं स्थानमा छ ।