बार्सिलोनाको जीतमा टोरेसको दुई गोल

एजेन्सी । स्पेनिस युवा स्ट्राइकर फेरान टोरेसले दुई गोल गरेको खेलमा बार्सिलोनाले सहज जीत निकालेको छ । आइतबार राति स्पेनिस लिग ला लिगा अन्तर्गत भएको खेलमा ओसासुनालाई ४-० गोलले हराउँदै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन टोरेसले दुई गोल गर्दा पिएरे एम्रिक औबमियाङ र रिकार्ड पुइगले एक/एक गोल गरे । खेलको १४ औं मिनेटमा टोरेसले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा डेम्बेलेको पासमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

२७ औं मिनेटमा डेम्बेलेको पासमा औबमियाङले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३-० गोलको अग्रता लिएको हो । यस्तै ७५ औं मिनेटमा पुइगले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको जीत दिलाए । जीतसँगै बार्सिलोना २७ खेलबाट ५१ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढि खेलेको ओसासुना ३५ अङ्कको साथ ११ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *