नेपालमा हुने एकदिवसीय र टि-२० आई सिरिजको खेलतालिका सार्वजनिक

काठमाडौं । नेपालमा हुने एकदिवसीय सिरिज र त्रिकोणात्मक टि-२० आई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिका अनुसार एकदिवसीय सिरिज २५ मार्च र त्रिकोणात्मक टि-२० आई सिरिज २८ मार्चबाट शुरु हुनेछ ।

एकदिवसीय सिरिजमा नेपाल र पपुवा न्युगिनी भिड्नेछन् । दुई टोलीबीचको पहिलो एकदिवसीय २५ मार्च र दोस्रो एकदिवसीय २६ मार्चमा हुनेछ । त्यसपछि २८ मार्चबाट त्रिकोणात्मक टि-२० आई सिरिज शुरु हुनेछ । सिरिजमा नेपाल, पपुवा न्युगिनी र मलेसिया भिड्नेछन् ।

सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । सिरिज डबल राउन्ड रोबिनको आधारमा हुनेछ । अङ्क तालिकाको शिर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल अप्रिल ४ मा हुनेछ । सबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

एकदिवसीय र त्रिकोणात्मक टि-२० आई सिरिजको खेलतालिका:-

हाल नेपाली टोली आईसीसी विश्वकप लिग-२ को तयारिको लागि श्रीलंकामा रहेको छ । युएईमा हुने लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएईसहित नेपाल र पपुवा न्युगिनी भिड्नेछन् । नेपालले १६ मार्चमा पपुवा न्युगिनीसँग खेल्दै सिरिजको शुरुवात गर्नेछ ।

सात टोली सम्मिलित लिग-२ को अङ्क तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । हालसम्म नेपालले ८ खेल खेल्दै ८ अङ्क जोडेको छ । १२ खेलबाट अङ्कको खाता खोल्न नसकेको पपुवा न्युगिनी पुछारमा छ । ओमान २७ खेलबाट ३६ अङ्कको साथ शिर्ष स्थानमा छ भने १२ खेलबाट १६ अङ्क जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा छ । यस्तै युएई १४ खेलबाट १६, अमेरिका १६ खेलबाट १४ र नामिबिया १३ खेलबाट १२ अङ्क जोड्दै क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *