युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आग्रह गरेका छन् ।

राष्ट्रसंघको महासभामा अन्तराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । रुस–युक्रेन द्वन्द्वलाई उदृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *