बस दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या १४ पुग्यो

काठमाडौं, फागुन २६ । संखुवासभामा बस दुर्घटना हुँदा थप चार जनाको मृत्यु भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा हालसम्म १४ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

मादी नगरपालिका सदरमुकामबाट धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरकोबस दुर्घटनामा परेको हो । बस गुडेको केहि बेरमै मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको जनाईएको छ । बस सडकबाट झन्डै तीन सय मिटर लत खोल्सामा खसेको छ ।
मृतकको सनाखत हुन सकेको छैन् । समान्य घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ भने गम्भीर घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्वारको तयारी भईरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *