मोरङ । नेकपा माओवादी केन्द्रबाट विजयी मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवालसहित सबै जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार रंगेलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
मेयर अग्रवाल, उपमेयर केशवकुमारी खरेल, वडाध्यक्षहरू महेशकुमार खनाल, महानन्द मण्डल र रामचन्द्र मण्डल एमालेमा प्रवेश गरेका छन् ।
