सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूतबीच एमसीसी कार्यान्वयनबारे छलफल

काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेट गरेका छन्। बुधबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा छलफल भएको हो।

भेटमा सञ्चारमन्त्री कार्कीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको सहयोगप्रति आभार व्यक्त गरे। राजदूत बेरीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‍बाट पारित भएकाले कार्यान्वयनको बारेमा जिज्ञासा राखेका थिए। कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कार्यान्वयन गर्न अग्रसर रहेको जानकारी गराएका छन्।

बेरीले नेपालको आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने बताएको सञ्चार मन्त्रालयको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *