विश्व बैंक बाहिरिए पनि हेटौँडा–इनरुवा प्रसारण लाइनको काम नरोकिने

काठमाडौं। ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैंक बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्त्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैंक गत नोभेम्बरदेखि बाहिरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व बैंक बाहिरिएकै कारण आयोजना निर्माण अवरुद्ध नहुने जानकारी दिए ।

विश्व बैंकले सो आयोजनामा १३ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने भएपछि सन् २०११ देखि नै आयोजना कार्यान्वयन थालिएको थियो । घिसिङका अनुसार विश्व बैंक बाहिरिए पनि सम्झौता गरेको रकमको ७० देखि ८० प्रतिशत रकम लगानी भइसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *