जसपाका केन्द्रीय सदस्यसहित चार सय नेता कार्यकर्ता एमाले प्रवेश

पोखरा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित चार सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार पोखरामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता–कार्यकर्ता छन् । गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भातृ संगठनका तीन जना अध्यक्षसहित नेकपा एमाले प्रवेश गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *