तेलको मूल्य प्रतिब्यारल तीन सय डलरसम्म पुग्न सक्ने

काठमाडौं। पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ।अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने मस्कोको चेतावनी छ।

रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकका अनुसार प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने छ । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेका छन् ।

रुस-युक्रेन द्वन्द्वका कारण ऊर्जाको बढ्दो मूल्यले विश्वभरि आर्थिक वृद्धि घटाउन सक्ने र महँगी बढाउन सक्ने चिन्ताबीच अन्तर्राष्ट्रिय शेयर बजारहरूमा गिरावट सुरु भएको छ । यसअघि सोमवार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो।

एशियाली बजारमा कच्चा तेलको बेन्चमार्क ुब्रेन्ट क्रूडु बढेर १३९ डलर प्रतिब्यारल नाघेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने भयले इन्धन बजार प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसंगै उपभोक्ताहरू प्रत्यक्ष प्रभावित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *