युक्रेनमा रुसी सेनाको कमजोर प्रदर्शन

काठमाडौं । रुसी सेनाले युक्रेनमा अहिलेसम्म कमजोर प्रदर्शन गरेको छ। आक्रमण अगाडि रुसी सेनामा क्रान्तिकारी परिवर्तन गरेर बटालियन ट्याक्टिकल ग्रुप्स अर्थात् रणनीतिक समूहका रूपमा पुनर्गठन गरिएको अनुमान गरिएको थियो।

करिब ८०० देखि १००० सम्मका सैनिकहरूले ट्याङ्कहरू ड्रोन र धेरै पटक प्रहार गर्न मिल्ने रकेट प्रणालीसँग निकट समन्वयमा काम गरेर शत्रुलाई बहु आयामिक धक्का दिनेछन् भन्ने ठानिएको थियो। तर त्यसरी काम भइरहेको छैन।

खासगरी उत्तरमा रुसी कमान्डरहरूले यो आधुनिक युद्ध प्रणालीको पूर्ण प्रयोग गर्न स्पष्ट रूपमा विफल भएको छ।

उनका सवारी साधनमा पनि यान्त्रिक खराबी देखिएका छन्। र उनीहरूले युक्रेनी प्रतिरोधको शक्तिलाई पनि कम आँकेको जस्तो देखिएको छ। त्यसका कारण रुसीहरूले ठूलो सङ्ख्यामा सैनिकहरू र उपकरण गुमाउनु परिरहेको छ। र यस अघि अनुमान गरिए झैँ आमनेसामने परेर निर्मम लडाइ भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *