काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक तीन घण्टा पर सरेको छ । अहिले विहान ११ बजेबाट बस्ने भनिएको बैठक तीन घण्टा ढिलो दिउँसो २ बजेबाट सुरु हुने भएको छ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनेछन् । यअघि राष्ट्रियसभा गृहमा बसेको केन्द्रीय कमिटी बैठक आज भने बत्तिसपुतलीस्थित् अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ। आजको बैठकले पदाधिकारी चयन गर्ने पनि कार्यतालिका छ ।
