फोहोरको अव्यवस्था वन्यजन्तु र जलचरमा गम्भीर असर

भरतपुर । चितवनका स्थानीय सरकारले नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन गरिरहेका छन् । यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको छ ।

भरतपुर महानगरपालिकामा भित्रमात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ । यसरी निस्केको फोहोर नारायणी नदीकिनारसँगै रहेको नगर वन क्षेत्रमा फाल्ने गरिएको छ ।

यस्तै, जिल्लाको दोस्रो ठूलो सहर रत्ननगर नगरपलिकाले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बरण्डाभार वन क्षेत्रमै अव्यवस्थित रूपमा फोहोर विसर्जन गर्छ ।

यसका अलावा माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकाको फोहोर स्थानीय वन क्षेत्रमा फालिएको छ । इच्छा कामना गाउँपलिकाले कुरिनटारनजिकै त्रिशूली नदीकिनारमा फोहोर फाल्ने गरेको छ ।

“महानगर होस् या गाउँपालिका प्रायः सबै स्थानीय तहको फोहोर वन क्षेत्र वा नदीकिनारनजिकै विसर्जन गरिएको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *