बागमती प्रदेशसभाको बैठक फागुन २९ गते बस्ने

बागमती । बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गरी फागुन २९ गते बैठक बस्ने जानकारी दिएको हो ।

करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *