हाम्रा माग सम्बोधन गर्न सत्तापक्ष गम्भीर भएनः उपाध्यक्ष नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दल संसद्को ‘वेल’मा गएको विषय सत्तापक्षका लागि गम्भीर विषय नै नभएको बताएका छन् ।

बुधबार संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले आफूहरुका माग सम्बोधन गर्न सत्तापक्ष गैरजिम्मेवार बनेको बताएका हुन् । उनले भने, “उहाँहरुले आनन्द मानिरहनुभएको छ, यो विषयमा सत्तापक्ष गम्भीर छैन, हामी बारम्बार भनिरहेका छौँ, हामीले उठाएका विषयमा गम्भीर हुनुपर्यो ।” उनले संसद्को अवरोध रहर नभई बाध्यता भएको पनि बताए ।

संसदको नेता भनेको सभामुख अग्निप्रसाद सापकोटा रेफ्री भएपनि उहाँले हाम्रै पोष्टभित्र गोल हानेकाले अप्ठेरो स्थिति सिर्जना भएको नेता नेम्वाङको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *