कुशलको वरीयतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेलको आईसीसी टि-२० को ब्याटिङतर्फको वरियतामा सुधार भएको छ । बुधबार आईसीसीले सार्वजानिक गरेको नयाँ वरीयतामा कुशल ८ स्थान सुधार गर्दै ३१ औं स्थानमा उक्लिएका हुन् ।

यसअघि कुशल ३९ औं स्थानमा रहेका थिए । गत हप्ता सम्पन्न आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशलको वरियता आकासिएको हो । दीपेन्द्र सिंह एरि भने १ स्थान तल झर्दै ५० औं स्थानमा रहेका छन् ।

यस्तै बलिंङतर्फ सन्दीप लामिछाने ७ स्थान माथि उक्लिदै ३६ औं स्थानमा छन् । यस्तै अविनाश बोहोरा ८६ औं स्थानमा यथावात छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *