सुनको मूल्य एक लाख रुपैयाँ नजिक

काठमाडौं। सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *