युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण: जेलेन्स्की

काठमाडौं । युक्रेनका विभिन्न भागमा रुससँग युद्ध चलिरहेको अवस्थामा यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोन वार्ताका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलेअबको २४ घण्टा महत्त्वपूर्ण हुने आफ्नो विश्वास रहेको बताएका छन्।

यूके सरकारका प्रवक्ताका अनुसार जोन्सनले रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीलेको नेतृत्वको प्रशंसा गरे।

युक्रेनको प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता यूके र साझेदार राष्ट्रहरूबाट उसले प्राप्त गर्ने विषयमा यूकेले हरसम्भव प्रयास गर्ने जोन्सनले थपेका छन्। दुवै नेताले निरन्तर सम्पर्कमा रहने सहमति जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *