ओली भेट्न बालकोटमा गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री आफै दौडधुपमा लागेका बेला एमसीसीबारे छलफल गर्न खाँड ओली निवास बालकोट पुगेका हुन् ।

ओलीलाई लक्षित गर्दै सवारीमा ढुंगा प्रहार भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराएका ओलीले सार्वजनिक रुपमै गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए । ओलीले प्रर्दशनकारीले सडक भत्काएर प्रहरीमाथी ढुङगा प्रहार गरेर घाईते बनाउँदासमेत गृहमन्त्रीको निर्देशन जारी नभएको आरोप लगाएका थिए । गृहमन्त्रीकै कारण प्रहरी घाईते भएको ओलीको दाबी छ ।

प्रधानमन्त्री देउवा र ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *