सुर्खेत । प्रदेश १ को नाम राख्नेबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशको नामाकारणमा अझै अलमलमा रहेको प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट प्रदेशको नामाकरणबारे सहमतिको तयारी गरिएको छ । ६ वटै प्रदेशले आफ्नो नाम राखिसेका छन् । तर, प्रदेश १ को नाम भने बहुपहिचान वा भूगोल कुन आधारमा राख्ने भन्ने विषयमासमेत दलहरुबीच सहमती हुन सकेको छैन् ।