आठ दलीय मोर्चाले आज पनि एमसीसीविरुद्ध संयुक्त प्रदर्शन गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वका नेकपा, मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत ८ दलीय मोर्चाले आजपनि एमसीसीविरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन्।

आठ दलिय मोर्चाले बिहीबार साँझ जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। यसअघि गएको बुधबार पनि वाइसीएल र अखिल क्रान्तिकारीले एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका थिए।बुधबार आठ दलिय मोर्चाले एमसीसीविरुद्ध नेपाल बन्द आह्वान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *