करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पा । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहीबार बेलुकी ७ बजे तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा उनीहरुको घटनास्थलमै मृत्यु भएको मृत्यु प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *