मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषय पेचिलो बनिरहेका बेला मन्त्रिपरिषद्को बैठकलाई महत्त्वका साथ हेरिएको छ।

सत्ता गठबन्धनमा आबद्ध दलहरू एमसीसीको पक्ष र विपक्षमा उभिदा सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्बाट अनुमोदन गराउने पक्षमा छन् भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा छन्।

देउवाले गठबन्धनको बैठकअघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। मन्त्रिपरिषद्को बैठकपश्चात् आजै साँझ ५ बजे सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमै बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *