सिटीसँग अङ्क दुरि छोट्याउँदै लिभरपुल

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले संघर्षपुर्ण जीत निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नलीमाथि १-० गोलको जीत निकाल्दै शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अङ्क दुरि घटाएको हो ।

टर्फ मोरमा भएको खेलमा लिभरपुललाई जीत दिलाउन फाबिन्होले एक गोल गरे । पहिलो हाफको ४० औं मिनेटमा फाबिन्होले गरेको गोलनै लिभरपुललाई जीत दिलाउन पर्याप्त रह्यो । खेल अबधिभर दुवै टोलीले गोल गर्ने राम्रा अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन सकेनन् ।

जीतसँगै लिभरपुल २४ खेलबाट ५४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । एक खेल बढि खेल्दै ६३ अङ्क जोडेको सिटी शिर्ष स्थानमा छ । पराजित बर्नली २१ खेलबाट १४ अङ्कको साथ २० औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *