काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका कमल थापाले पार्टीमा बस्ने वातावरण नभएको भन्दै बाहिर निस्कँदासमेत भ्रम फैलाइएको देख्दा उदेक लागेको बताएका छन् । उनले पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएकोसमेत बताएका छन् । नयाँ पार्टी गठनको तयारीमा रहेका थापाले नयाँ पार्टी सिर्जना आफ्नो बाध्यता भएको उल्लेख गरेका छन् ।
कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ छैन : थापा
