चेल्सीलाई क्ल्ब विश्वकपको उपाधि

एजेन्सी । इङ्लिस क्लब चेल्सीले फिफा क्लव विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा पाल्मेइरेसलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै चेल्सीले पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो ।

मोहम्मद बिन जायद रंगशालामा भएको खेलमा चेल्सीलाई जीत दिलाउन काइ हार्भेट्स र रोमेलु लुकाकुले समान एक/एक गोल गरे । पाल्मेइरेसको लागि राफायल भेगाले एक गोल गरे । निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको १ सय १७ औं मिनेटमा काइ हार्भेट्सले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-१ गोलको जित दिलाएका हुन् ।

विपक्षी खेलाडी लुआन गार्सियाले डि-बकस एरियामा हेन्ड गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । अतिरिक्त समयको इन्जुरी समयमा खराब फावल गरेपछि गार्सिया रातो कार्ड पाउँदै मैदान बाहिरिदा पाल्मेइरेस १० खेलाडीमा समेटिएको थियो ।

यसअघि निर्धारित समयको पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा भेगाले पेनाल्टीमा गोल गर्दै पाल्मेइरेसलाई बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *