आज पनि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको आजको बैठकमा प्रस्तुत विधानमाथी छलफल हुने जनाईएको छ । भोली आईतबार बस्ने बैठकले विधान पारित गर्नेछ ।

बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादनको बैठकमा भातृ संगठनको विधानका विषयमा छलफल भएको छ । शुक्रबारको बैठकमा कांग्रेसको संघीय संरचना अनुरुपको भातृ संगठनको विधान कांग्रेस नेता एनपी साउदले प्रस्तुत गरेका छन् ।

यससँगै बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *