USAID

एमसीसीबारे निर्णय गर्न ओलीलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् ।

बिहीबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई टेलिफोन गरी एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । रिजालका अनुसार अध्यक्ष प्रचण्डले ओलीलाई एमसीसीमा तपाईंले निर्णय गर्नुपर्ने बताएका थिए ।

कुराकानीबारे रिजालले सामाजिक संजालमा लेखेका छन्,‘ एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले– नेकपा (एमाले)को धारणा स्पष्ट छ । एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्; नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *