USAID

वेस्ट इण्डिजविरुद्ध लगातार दोस्रो जीतसँगै भारतलाई सिरिज

एजेन्सी । वेस्टइण्डिजविरुद्ध घरेलु मैदानमा जारि एकदिवसीय सिरिज भारतले आफ्नो पोल्टामा पारेको छ । बुधबार बेलुकी सम्पन्न दोस्रो एकदिवसीयमा वेस्ट इण्डिजलाई ४० रनले हराउँदै भारतले ३ खेलको सिरिजमा २-० को अग्रता लिएको हो ।

जीतको लागि २ सय ३८ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ४६ रनमा अलआउट हुँदै मात्र १ सय ९३ रनमात्र बनाउन सक्यो । इण्डिजको लागि शमार्ह ब्रोक्सले ६४ बलमा ४४ २ छक्का र २ चौकाको सहयोगमा सर्वाधिक ४४ रन जोडे । यस्तै एकल होसेइनले ३४, साही होपले २७, ओडेन स्मिथले २४, ब्रान्डोनले १८ र राबियाँ एलेनले १३ रन जोडेपनि इण्डिजलाई जीत दिलाउन पर्याप्त रहेन ।

बलिंगतर्फ भारतका प्रसिद्ध कृष्णले ९ ओभरमा १२ रन दिएर ४ विकेट लिँदा शर्धुल ठाकुरले २, मोहम्मद सिराज, युज्वेन्द्र चाहाल, वासिंगटन सुन्दर र दिपक होन्डाले १/१ विकेट लिए ।

यसअघि नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३७ रन जोडेको थियो । भारतको लागि सुर्यकुमार यादवले अर्धसतक प्रहार गरे । उनले ८३ बलमा ५ चौकासहित ६४ रन जोडे । केएल राहुलले ४८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४९ रन जोड्दा दिपक होण्डाले २९, वासिङ्टन सुन्दरले २४ र ऋषव पन्त र विराट कोहलीले समान १८/१८ रनको योगदान गरे ।

वेस्ट इन्डिजको लागि अल्जारी जोसेप र ओडेअन स्मिथले समान २/२ विकेट लिँदा केमार रोच, जेसन होल्डर, अकेल होसेइन र फाबियन एलेनले एक/एक विकेट लिए ।

अब दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल शुक्रबार हुनेछ । यसअघि आइतबार भएको पहिलो एकदिवसीयमा भारत ६ विकेटले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *