चीनसँगको सीमा विवादका विषयमा उपयुक्त समयमा आधिकारिक धारणा बाहिर ल्याउछौंः प्रवक्ता कार्की

काठमाडौं । सरकारले चीनसँगको सीमा विवादका विषयमा उपयुक्त समयमा आधिकारिक धारणा बाहिर ल्याउने जनाएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् ।

उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि बताए ।

उनले भने, ‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिपोर्टहरुको आधारमा नभई वास्तविकताको आधारमा उपयुक्त समयमा आधिकारिक धारणा सार्वजनिक गर्छ । हाम्रो सीमा चाहे भारतसँग होस् चाहे चीनसँग सीमामा कुनै समस्या छन् भने ती समस्यालाई सरकार कूटनीतिक ढङ्गले समाधान गर्ने छौंँ ।’ प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने पनि बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *