सम्पत्ति शुद्धीकरणको घेरामा भगवती लेमिनेट्स

काठमाडौं । भगवती लेमिनेट्स प्रालिका लगानीकर्ताका साथ त्यसमा संलग्न कर्मचारी र डिलरसमेत सम्पति शुद्धिकरण अर्थात् ‘मनी लाउन्डरिङ’ र कर छलीको कारबाहीमा पर्नेभएका छन् । वार्षिक करिब ८० करोड रुपियाँको व्यवसाय लुकाएर त्यसमा लाग्ने कर ठगी गर्न भगवती लेमिनेट्सलाई सघाएबापत उनीहरू कारबाहीमा पर्ने देखिएको हो ।

प्लाइउडको व्यापार गर्ने उद्योग भगवती लेमिनेट्सले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको प्रमाण नेपाल समाचारपत्रले विगत एक महिनादेखि निरन्तर प्रकाशित गरेपछि राजस्व विभागले उसको केन्द्रीय कार्यालयमा छापा मारेर शंकास्पद कागजात नियन्त्रणमा लिइसकेको छ ।

नेपाल राष्ट्र बैंकले यही माघ १८ गते क वर्गका वाणिज्य बैंकहरूलाई ‘विवरण उपलब्ध गराइदिने सम्बन्धमा’ लेखेको पत्रअनुसार प्रतिकारोबार ७ लाख रुपियाँ वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण हिजो २४ गतेभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ । तर, वार्षिक ८० करोड रुपियाँको कारोबार गर्ने भगवती लेमिनेट्सको विवरण त्यसमा नसमेटिएको जानकारीमा आएको छ । यसरी नेपाल राष्ट्र बैंकको नजरमा नपर्ने गरी कारोबार गर्ने र गर्न सघाउने सबै कारबाहीको दायरामा पदर्छन् ।

भगवती लेमिनेट्सका कर्मचारी र डिलरहरूले एकपटकमा ७ लाख रुपियाँको कारोबार नगरेका होलान् तर यी व्यक्ति र डिलरहरूको तीनदेखि पाँच वर्षका बैंक खाता विवरण सम्पत्ति शुद्धीकरण र नेपाल राष्ट्र बैंकले हे¥यो भने मनी लाउन्डरिङ र कर छली गरेको प्रष्ट देखिने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *