काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक राज्यमन्त्री थप गरेका छन् । राउतले आइतबार नेकपा (एकीकृत समाजवादी) बाट नागेन्द्र राय यादवलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रायले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । आज बिहान एक कार्यक्रमबीच प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि गत मङ्सिर ५ गते एकीकृत समाजवादीबाटै उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव सरकारमा सहभागी भइसकेका छन् । योसँगै अब मधेश सरकारको मन्त्री मण्डल १४ सदस्यीय भएको छ । मधेश सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री भएका छन् ।