सरकारी रणनीतिको बावजुद ‘लङ मार्च’ नरोकिने भुट्टोको भनाइ

विरोध प्रदर्शनलाई रोक्ने सरकारी रणनीतिको बावजुद पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले तय गरेको ‘लङ मार्च’ प्रदर्शन नरोकिने पीपीपी अध्यक्ष बिलावल भुट्टो जर्दारीले बताएका छन् ।

इमरान खान सरकारले शान्तिपूर्ण विरोध कार्यक्रमलाई रोक्ने सरकारी रणनीति र प्रचारबाजीका बाबजुद यो कार्यक्रम सफल पार्ने नेता जर्दारीलाई उदृत गर्दै पाकिस्तानी समाचार संस्था न्यूज इन्टरनेशनलले जनाएको छ ।

उनले पीपीपीको लङ मार्चलाई असफल पार्ने प्रचार यसअघि नै विभिन्न क्षेत्रबाट सुरु भएको तर यसले आफ्नो कार्यक्रमलाई उर्जा मिलेको बताए । सरकारले आफ्नो विरोध कार्यक्रम ‘लङ मार्च’ को प्रभाव अहिल्यै सामना गरिरहेको बताए ।

कार्यक्रममा नैतिक समर्थन वा सहभागित जनाउन जर्दारीले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) अध्यक्ष तथा विपक्षी नेता शरीफलाई आग्रह गरेको र शरीफले कार्यक्रम सफलताका लागि शुभकामना दिएको बताइएको छ ।

जर्दारीले पूर्व प्रधानमन्त्रीहरू सईद युसुफ रजा गिलानी र राजा पर्वाइज आशरफसँग भेटघाट गरेका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार कार्यक्रमका अर्को सहभागी पीडीएम पार्टीका प्रमुख मौलाना फजलुर रहमानले पाकिस्तानमा मार्च २३ मा सुरू हुने प्रदर्शन ऐतिहासिक दाबी गर्दै सम्पूर्ण देशवासी इस्लामाबादतर्फ अघि बढिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *