मेक्सिकोमा सवारी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु

मेक्सिकोको जालिस्को राज्यमा शनिबार एउटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन् । जलिस्को सिभिल प्रोटेक्शन एण्ड फायर डिपार्टमेन्टले ट्वीटरमा जनाएअनुसार लागोस डे मोरेनोको नगरपालिकाको लियोन-अगुआस्कालिएन्टेस राजमार्गको ३५ किलोमिटरमा पल्टिएको उक्त गाडीले पर्यटककर्मीहरू ओसारपसार गरिरहेको थियो ।

राज्यको नागरिक सुरक्षा विभागका क्षेत्रीय कमाण्डर नेफ्ताली गुइलेनले दुर्घटनामा आठ पुरुष र चार महिलाको मृत्यु भएको र तीमध्ये दुई नाबालीग रहेको बताएका छन् ।

विभागले जारी गरेको भिडियोमा गुइलेनले दुर्घटनाले राजमार्गको कुनै पनि खण्ड बन्द भने गरिएको छैन तर दुर्घटनाको अनुसन्धान पूरा नभएसम्म उक्त क्षेत्रमा सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन सुझाव दिएका छन् ।

यहाँ गत वर्ष ट्राफिक दुर्घटनाका कारण एक हजार १५ जनाको मृत्यु थियो । यो क्षेत्र मेक्सिकोमा अत्यधिक ट्राफिक मृत्यु हुने मध्ये तेस्रो स्थानमा पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *