USAID

बिमलको गोलमा नेपाललाई अग्रता

काठमाडौं । नेपाल र मौरिससबीच जारी पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारि खेलमा नेपालले मौरिससमाथि १-० गोलको अग्रता लिएको हो ।।

नेपालको लागि बिमल घर्ती मगरले दोस्रो हाफको शुरुवातमा गोल गरेका हुन् । ५५ औं मिनेटमा अन्जन विष्टको पासमा बिमलले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका हुन् । चोटको कारण झण्डै २ वर्ष मैदान बाहिर रहँदै मौरीससविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा फर्किएका बिमलले पहिलो खेलमै गोल गरेका हुन् ।

झण्डै साढे ११ वर्ष देखि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जीतविहिन रहेको नेपाल आजको खेल जित्दै जितको खडेरीलाई पुर्णविराम लगाउन चाहन्छ ।

नेपालले पछिल्लोपटक मैत्रीपूर्ण खेलमा भुटानलाई २-१ गोलले पराजित गरेको थियो । असोजमा भएको साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल पहिलो पटक मैदान उत्रिन लागेको हो । साफ फाइनलमा भारतसँग ३-० गोलले पराजित भएपछि नेपालले कुनै खेल खेलेको छैन । यस्तै मौरिसिस विरुद्धको खेल नेपालको लागि अफ्रिकी राष्ट्रसँग पहिलो खेल हो ।

CivActsAd

Leave a Reply

Your email address will not be published.