USAID

नेपाल विरुद्ध मौरिसस: पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । नेपाल र मौरिससबीचको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारि खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । खेलमा मौरिससले गरेको केही प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बिफल पारेका हुन् । यस्तै नेपालले खेलमा गोल गर्ने गतिलो अवसर सिर्जना गर्न सकेको छैन । पहिलो हाफको अन्तिम समयमा अन्जनले गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको दोस्रो हाफ केहिबेरमा शुरु हुनेछ । झण्डै साढे ११ वर्ष देखि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जीतविहिन रहेको नेपाल आजको खेल जित्दै जितको खडेरीलाई पुर्णविराम लगाउन चाहन्छ ।

नेपालले पछिल्लोपटक मैत्रीपूर्ण खेलमा भुटानलाई २-१ गोलले पराजित गरेको थियो । असोजमा भएको साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल पहिलो पटक मैदान उत्रिन लागेको हो । साफ फाइनलमा भारतसँग ३-० गोलले पराजित भएपछि नेपालले कुनै खेल खेलेको छैन । यस्तै मौरिसिस विरुद्धको खेल नेपालको लागि अफ्रिकी राष्ट्रसँग पहिलो खेल हो ।

CivActsAd

Leave a Reply

Your email address will not be published.