निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्नुपर्छः पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत पोखरेलले आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानुनमै किटान गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रको प्राणवायु– आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ति त गर्ला तर यसले अन्ततः लोकतन्त्रलाई हराउँछ । लोकतन्त्र हार्ने काम कसैले नगरौं । निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्न र आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानुनमै किटान गरौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *