इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटर फाइनलमा

एजेन्सी । इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा इभरीकोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै इजिप्ट अन्तिम ८ मा प्रवेश गरेको हो ।

क्यामरुनमा भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा नजिता नाकिस्केपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा इजिप्टको लागि जिजो, अमर अल सुलाय, ओमर कमाल, मोहमद अब्देलमोनेइम र मोहमद सलाहले गोल गरे । इभरीकोस्टको लागि निकलोस पेपे, इब्राहिम सान्गारे, म्याक्सवेल कोर्नेट, विलफ्रेड जाहाले गोल गर्दा इरिक बेली चुके ।

अब इजिप्टले सेमिफाइनल प्रवेशको लागि मोरोक्कोको सामना गर्नेछ । मोरोक्कोले अन्तिम १६ को खेलमा मलावीलाई २-१ गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *