राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट दुर्गा कुमारी गुरूङ, माओवादीबाट नरबहादुर विष्ट र समाजवादीबाट उदय बोहोरा निर्वाचित भएका हुन्।

गुरुङ २ हजार ९७० मतभार ल्याएर विजयी भइन् । यस्तै नेकपा माओवादी केन्द्रका विष्ट ३००६ मतभार ल्याएर निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी) का उदय बोहरा पनि ३००६ मतभार ल्याएर विजयी भएका निर्वाचन आयोगको कार्यालय कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् ।

यस्तै एमालेबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका एमालेका गंगा थापा महतले १४१६, चुडामणि शर्माले १४१६ र पदम माझीले १६९८ मत ल्याएका छन्। कर्णाली प्रदेशका निर्वाचनमा कुल १९१ मतदातामध्ये १८९ जनाले मतदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *