प्रदेश एकमा एमालेका सोनाम गेल्जेन शेर्पा निर्वाचित

विराटनगर । प्रदेश एकमा राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *