काठमाडौं, माघ ११ । लामो समय बैंकक तथा चीनमा जण्डिसको उपचार गरेर स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् ।
सोमबार स्वदेश फर्किएका नेता पुन दम्पतीलाई अध्यक्ष दाहालले खुमलटारमा भव्य स्वागत गरेका छन् । नेता पुनलाई विमानस्थलमा स्वागत गर्न अर्का नेता नारायणकाजी श्रेष्ठ पुगेका थिए ।