थप १०३१९ जनामा कोरोना संक्रमण, ४ को मृत्यु, २५४० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०३१९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९१८४४८ पुगेको छ । त्यस्तै २५४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८२४२३९ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६५९ पुगेको छ । क्वारेन्टाइनमा १४९ जना छन् भने आइसोलेसनमा ८२५५० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *